आज्ञा खबर
सर्लाही
नेपाल वुद्धिजिवी परिषद् सर्लाहीको अध्यक्षमा बलराम पोखरेल पुनह चयन भएका छन् ।
शनिवार लालबन्दी नगरपालिकाको पुरानो कार्यालय भबनको सभा हलमा सम्पन्न परिषद्को चौंथो जिल्ला अधिवेशनले लालबन्दी नगरपालिका नै निवासी पोखरेलको नेतृत्वमा १९ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन गरेको हो । नवगठित समितिको अध्यक्षमा पोखरेल, उपाध्यक्षमा सुब्बा खत्री, सचिवमा हरिकृष्ण पोखरेल, उपसचिवमा उत्तम दाहाल, उपसचिव महिलामा दुर्गा दंगाल, कोषाध्यक्षमा कमला पाण्डेलगायत अन्य सदस्य चयन भएका छन् ।
अधिवेशन परिषद्का केन्द्रीय सचिव डा. अर्जुन सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम संचालक पुष्पबहादुर श्रेष्ठले जानकारी दिए ।