हरिपूर्वामा १५ बेडको नगर अस्पताल सञ्चालन

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिपूर्वा नगरपालिकामा शुुक्रबारबाट १५ शैय्याको नगर अस्पताल संचालनमा ल्याइएको छ । अस्पतालको उद्घाटन नगरप्रमुख विनोदकुमार साह तेली, सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ र उपप्रमुख सुमित्रादेवी ग्वारनीले शिलालेख अनावरण तथा रिबन काटेर संयुक्तरु पमा गरेका हुन् ।

हरिपूर्वा नगरपालिका वडा नं. २, मा निर्माण गरिएको अस्पताललाई नगरपालिकाका प्रमुख विनोदकुमार साहले आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद, चिकित्सक र अन्य स्वास्थ्यकर्मी नियुक्त गरी संचालनमा ल्याइएको बताए ।

अस्पताल संचालनका लागि दुुई जना एमबिबिएस चिकित्सक, एक जना रेडियोग्राफर, आँखासम्वन्धी रोगको उपचार गर्ने एक जना स्वास्थ्यकर्मी र तीन जना सिनियर अहेब नियुक्त गरिएको छ । ५ जना जग्गादाताले प्रदान गरेको १० कठ्ठा जग्गामा अस्पताल भवन निर्माण गरेर संचालनमा ल्याइएको हो ।

नगरपालिकाले अस्पताल उद्घाटन समारोहमा जग्गादातालाई कदर–पत्रसहित सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले बताएका छन् । अस्पतालका जग्गादाता विनोद साहले लामो समयदेखि कुदाकुर्दै आफूहरुले प्रदान गरेको जग्गामा अस्पताल संचालन हुँदा हर्षित भएको बताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...