बागमती नदीको पुलबाटै सवारी साधन सञ्चालन

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती नदीको पुल मर्मत कार्य सम्पन्न भएर पुलबाटै सवारी साधन संचालन गर्न थालिएका छन ।

पुलको ‘ब्यारिङ प्याडेस्टल’ मा क्षति पुुगी केही भागमा ढलान उप्किएको क्षति पुुगेको भागमा मर्मतको काम सकेर गत मंगलबार साँझबाटै पुलबाट नियमित सवारी साधन संचालन हुन थालेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर गिरिसनन्दनप्रसाद तोरसले जानकारी दिए । पुलको मर्मत गर्ने भन्दै माघ २७ गतेदेखि पुलबाट सवारी साधन संचालनमा रोक लगाउदै डाइभर्सनबाट बागमती नदीमा आबत जाबत गर्ने व्यवस्था मिलाइएको थियो ।

पुल संचालन भएसँगै अबडाइभर्सन भत्काएर हाल त्यहाँ हालिएका होम पाइप निकाल्ने तयारी भइरहेको इन्जिनियर तोरसले बताए । पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको ‘कङ्क्रिट’ हालेर ढलान गरिएकाले तत्कालै सवारी साधन सञ्चालन गर्न मिल्ने भएको प्राविधिकले बताएका छन् ।

सर्लाहीमा ५५ वर्षअघि नै निर्माण गरिएका बागमतीसहित अन्य खोलाको पुल जिर्ण बनेको लामो भइसकेको छ । पुलमा वर्षेनि खाल्डाखुल्डी परेको ठाउँमा टाल्टुल गरेर सवारी साधन सञ्चालन हुँदै आएको छ ।

अब पूर्व पश्चिम राजमार्ग विस्तारको क्रममा यि पुलसँगै अर्को समानान्तर पुल निर्माण गर्ने तयारी गरिएको छ । पूर्व पश्चिम राजमार्गम हरिवनस्थित चापिनी खोलामा राजमार्ग विस्तारकै क्रममा समानान्तर पुल बनाउने काम सुरु भइसकेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...