नगरमा तरकारीको पकेट क्षेत्रलाई कृषिको बिकासबाटै समृद्ध बनाउन लागेका छौ : मेयर क्षेत्री

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
उत्पादन भएको तरकारीले बजार नपाउँदा महोत्तरीको उतरी भेगका किसान चिन्तित भएका छन् । तरकारीले बजारमा उचित  मूल्य नपाउँदा उत्पादन भएका तरकारी कौडि्को मुल्य अनुसार सस्तोमा बेच्न उनीहरू बाध्य छन् ।

बर्दिवास लगायत आसपासका बजारमा अहिले बन्दाकोभी प्रतिकिलो पाँच रुपैयाँ देखि १०, रुपैयाँ,फुलकोभी प्रतिकिलो १० रुपैयाँ देखि १५, रुपैयाँ,आलु प्रतिकिलो २० रुपैया देखि २५ रुपैयाँमा बेच्नु परेको बर्दिवास नगरपालिका–९ पशुपती नगरका अगुवा किसान अनिल कुमार महतोले बताए।
सस्तोमा तरकारी बेच्दा उत्पादनमा लाग्ने खर्च पनि नउठ्ने उनको गुनासो रहेको छ । उनले भने“हामीले धेरै परीश्रम गरेर तरकारी उत्पादन गरेका छौ” तर सस्तो मूल्यमा बेच्दा उत्पादन गर्न लाग्ने खर्च पनि उठ्दैन ।”

त्यही तरकारी बेच्न ठुलै चुनौती खेप्नुपरेको बर्दिवास नगरपालिका ८ का स्थानिय सम्भु यादबले बताए । उनका अनुसार नगर बाहिर किसान आफैले तरकारी ढुवानी गर्ने व्यवस्था नहुँदा अहिले यस क्षेत्रमा बिचौलियाको बिगबिगि अत्यधिक बढेको छ । जस्का कारण नगरभित्रका अधिकाश किसान मारमा परेका छन् । यो याममा बर्दिवास नगरपालिका भित्र हजारौं टन तरकारी उत्पादन हुने गर्छ । तर त्यो तरकारीले उचित बजार र मूल्य नपाउँदा किसान मारमा पर्ने गरेका हुन् ।

यसैक्रममा बर्दिवास नगरपालिका १३ का तरकारी उत्पादक तथा व्यवसायी धनलाल लामाले भने,“ हाम्रो तरकारीले बजार मूल्य नपाउने भएकाले बिचौलियाले घरमै आएर न्यून मूल्यमा तरकारी किनेर महँगोमा बेच्ने गरेका छन्।”

तरकारी उत्पादनका लागि बीउ खरिद गर्न, सिँचाइ गर्न, तरकारीलाई गोडमेल गर्दा निकै दुःख खेप्नुपर्ने र उत्पादन गरिसकेपछि पनि बजार नपाउँदा आफूहरु दुखी भएको उनको भनाइ छ । बर्दिवासको बिजलपुरा,किसाननगर,पशुपतीनगर हातिलेट लगायतका क्षेत्रमा राम्रो तरकारी उत्पादन हुने गरेकाले उत्पादन भएको तरकारीलाई बजारीकरण गर्न कुषकहरुले बिषेश ध्यान दिनुपर्ने देखिन्छ ।
यसै क्रममा यहाँ उत्पादित तरकारीलाई भण्डारण र बजारीकरण गर्न कानून बनाएर अघि बढ्ने नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बताए । उनले नगरभित्रका तरकारीको लागि पकेट क्षेत्र भएको स्थानलाई कृषिको बिकासबाटै समृद्ध बनाउन सकिने उल्लेख गरे ।
क्षेत्रीले त्यसका लागि शीत भण्डार सहितको बाहिरी जिल्लामा ढुवानीको व्यवस्था गर्न नगर कार्यपालिकाबाट कानून बनाएर अघि बढ्ने जनाए ।
बर्दिवास नगरपालिका भित्र सामूहिक रुपमा पनि तरकारी खेती हुँदै आएको छ । यहाँका नागरिक मौषम अनुसारको तरकारी खेतीमा निर्भर छन् । हाल बर्दिवास नगरपालिकाको सबै स्थानमा सिँचाइको सहज सुविधा नभएकाले नगरपालिकाले हाल कृषिको पकेट क्षेत्रका सडकहरुमा बिद्युतिकरणलाई मुख्य प्राथमिकतामा राखेर तिब्र गतिमा काम अघि बढाएकोे जनाएको छ ।