आज्ञा खबर
रौतहट
प्रेस चौतारी नेपाल रौतहटको अध्यक्षमा अशोककुमार पहाडी चयन भएका छन्। चौतरीको मंगलबार चन्द्रनिगाहपुरस्थित सम्पन्ने आठौँ अधिवेशनबाट पहाडीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
चौतारीको अन्य कार्यसमितिमा उपाध्यक्ष कृष्ण तिवारी, महिला उपाध्यक्ष मञ्जु मानन्धर, सचिव मुकेश साह, सहसचिव राकेश कुमार यादव, सहसचिव (समावेशी) दीपेन्द्र रजक, तथा कोषाध्यक्ष अशोक कुमार यादव चयन भएको निर्वाचन मण्डलका संयोजक रमेश तिमल्सिनाले जानकारी दिए ।
त्यसैगरी सदस्यमा रुपेश यादव र सरोज मिश्रा चयन भएका छन् भने केन्द्रिय परिषद् सदस्यमा उत्तम उपाध्याय र महिलातर्फ अपर्णा झा चयन भएका छन्।
तेस्तै चौतारीको आगामी बैठकले थप चारजना कार्यसमिति सदस्य मनोनयन गर्ने छन्। प्रेस चौतारी नेपाल रौतहटको अधिवेशनको उद्घाटन प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले गरेका थिए। उक्त अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज अजय कुमार गुप्ता, चौतारीका महासचिव हिरामान लामा एमालेका जिल्ला अध्यक्ष सच्चिदानन्द साह, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्की लगायतका व्यक्तित्वहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।





































