आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास स्थित बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कोषाध्यक्ष भोज प्रसाद फुयाँल(शंकर)ले उच्च अदालत जनकपुरमा दिएको मुद्दा मंगलवार अदालतले खारेज गरेको छ ।
फुयाँलले खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दर्ता प्रक्रियाकालागी राखिएको बार्षिक साधारणसभा किर्तेगरी कोषाध्यक्षलाई कामकाजको जिम्मेवारीबाट बन्चित गरेको भन्दै उच्च अदालत जनकपुरधाममा २०८१ कार्तिक १४ गते मुद्दा दायर गराएका थिए।
सोही बिषयलाई लिएर उच्च अदालत जनकपुरले रिट नम्बर ०८१ डब्लु ओ ०३६० उत्प्रेशन मिश्रित परमादेश उपर फुयाँलले दिएको रिट निबेदनलाई खारेज गरेको बर्दिवास साना शहरी खानेपानीतथा सरसफाई उपभोक्ता संस्था का ब्यवस्थापक भबनाथ खतिवडाले जानकारी दिए ।
फुयाँलले उच्च अदालत जनकपुरधाममा जिल्ला प्रसाशन कार्यालय महोत्तरी,बर्दिवास नगरपालिका,बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र त्यसका अध्यक्ष भुलन बहादुर सेन ठकुरी,उपाध्यक्ष राजेन्द्र बिक्रम थापा,सचिब उदय बहादुर भण्डारी (बिष्णु)सदस्य हेम कुमारी थापा (सिता) कर्मचारी सुप्रिया ठकुरीलाई बिपक्षी बनाई उच्च अदालत जनकपुरमा मुद्दा दायर गराएका थिए ।
