नगरबासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सके मात्रै लोकतन्त्रको स्थायित्व रहन्छ : मेयर क्षेत्री

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले बर्दिवास नरपालिकाभित्र तथा नगर बाहिर रहेका सम्पूर्ण नगरबासीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

मेयर क्षेत्रीले उनको निजी सचिवालय मार्फत बुधवार बिहान प्रेस बक्तब्य निकाल्दै दिवसको अवसरमा शुभकामना दिएका हुँन । उनले दिएको शुभकामनामा मुलुकमा तानाशाही शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।मेयर क्षेत्रीले नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको उल्लेख गरे ।

“वि.सं २००७ सालको जनक्रान्तिले एकातर्फ राणाहरूको निरङ्कुश पारिवारिक शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गरेको थियो भने अर्कोतर्फ बन्द नेपाली समाजलाई खुलापन र आधुनिकतातर्फ अघि बढ्न प्रशस्त मार्ग खोलेको थियो । त्यसपछिका सात दशकभन्दा लामो अवधिमा पनि निरङ्कुश शासकबाट पटक–पटक प्रजातन्त्रको घाँटी रेट्ने प्रयत्न भएको मेयर क्षेत्रीले सन्देश मार्पmत बताए।
उनले नगरभित्र देखिएको व्याप्त गरिबी, बेरोजगारी र सामाजिक विभेदहरूको अन्त्य गर्न नगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।
क्षेत्रीले लोकतान्त्रिक प्रणालीको स्थायित्वकालागी नगरभित्र स्वरोजगार,उद्यमशीलता र सामाजिक सचेतना सहितको सहकार्य आवश्यक रहेको भन्दै विकास मार्फत सुदृढ आत्मनिर्भर अर्थतन्त्रको निर्माणकालागी हाल बर्दिवास नगरपालिका ठोस नितिका साथ अघि बढन चाहेको उल्ल्ेख गरे ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...