आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका भित्रका विद्यार्थीलाई लक्षित गरी शैक्षिक महोत्सव २०८१ आयोजना गर्न लागिएको छ । बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा सबैकालागी हामी संस्था बर्दिवासले महोत्सबगर्न लागेको हो।
महोत्सवमा ब्यवहारीक र प्राबिधिक शिक्षा सबैको इच्छा भन्ने मूख्य उद्देश्यका साथ महोत्सव आयोजनागर्न लागिएकोे सबैकालागी हामी संस्थाका अध्यक्ष रबी निरौलाले जानकारी दिए।

मेलामा शैक्षिक,बिज्ञान,कृषि,हस्तकला प्रदर्शनी स्टल,खुल्ला चित्रकला प्रतियोगिता,नृत्य प्रतियोगिता,भेषभुषा प्रदर्शनी प्रतियोगिता,खुल्ला बक्तृत्वकला –देश छोड्नु रहर कि बाध्यता)साथै साना बालबालिकाको मनोरञ्जनकालागी चिल्ड्रेन कर्नर र सामान्य स्वास्थ्य शिबिर समेत सञ्चालन गरीने आयोजकले जनाएको छ ।
यहि फागुण ११ र १२ गते बर्दिवास नगरपालिका १ स्थित देराली मा.बि.को परिसर भित्र सञ्चालन हुँने शैक्षिक मेलामा सहभागी हुन बर्दिवास नगरपालिका भित्रका सम्पुर्ण समुदायिक,संस्थागत तथा धार्मिक बिद्यालयका बिद्यार्थी,शिक्षक,अभिभाबक तथा आम जनसमुदायलाई आयोजक संस्था सबैकालागी हामीले आग्रह गरेको छ ।





































