सरसफाई सहित सामाजिक कार्यमा जुट्दै बर्दिवास सोसाईटी युवा क्लब

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास स्थित मुख्य बजारमा शनिवार बिहान साढे ७ बजे सरसफाईका लागि एउटा समुह निस्कियो । उक्त समुहले बजार क्षेत्रमा यत्रतत्र फालिएका पलास्टिक तथा अन्य फोहरहरु टिप्दै गरेको देखिन्थ्यो ।

‘म बदलिन्छु, अनि मेरो घर बदलिन्छ’ त्यसपछी मेरो नगर बर्दिवास, मेरो नगर,मेरो शान, सरसफाइ मेरो पहिचान भन्ने ब्यानरसहित केही युवा, स–सस्त्र प्रहरी,नेपाल प्रहरी र केही समाजिक अभियन्ता लगायतको समुह सरसफाई अभियानमा जुटेको दृश्यहरु बर्दिवास बजारमा देखिएका थिए ।
बर्दिवास नगरपालिकाभित्र रहेको सोसाईटी युवा क्लबले आयोजना गरेको सो बजार सरसफाई कार्यक्रमलाई नियाल्दा सच्चैनै उत्साहजनक देखिन्थ्यो ।
हुन त बर्दिवास  सोसाईटी युवा क्लब बर्दिवासले सामाजिक अभियानको थालनी गरेको धेरै समय भएको छैन । तर छोटो समयमै बर्दिवास नगरपालिकाको सबै वडाहरुमा सामाजिक कामगर्ने लक्ष्य लिएर यो क्लबका युवाहरु अघि बढेको क्लबका अध्यक्ष बिनय अधिकारी बताउछन ।

क्लबको अभियानमा सरसफाई मात्र नभएर सरसफाई गर्नका लागि सबै उपभोक्ताहरुमा सचेतना जगाउने उदेश्य रहेको उनको भनाई छ। सरसफाईमा सबैले ध्यान दिए मात्र अभियानले पूर्णता पाउने समेत उनि बताउ छन।
क्लबका युवाहरुले बर्दिवास बजारका फोहोर हुने स्थानमा सरसफाई गर्ने योजना मात्रै बनाएका छैनन बर्दिवास नगरभित्र खेलकुदको बिकास,सामाजिक जनचेतनामुलक कार्यक्रम,लागु औषध नियन्त्रण,सचेतनामुलक समाजिक रुपान्तरण लगायतका बिषयमा समेत काम गरीरहेको युवाहरुको भनाई रहेको छ।
यसैक्रममा बर्दिवास सरसफाई तथा बजार ब्यवस्थापन समितीका अध्यक्ष पुन्य प्रसाद गौतमले युवा क्लबका भाई बहिनीहरुले सरसफाइ खेलकुद लगायत अन्य समाजिक कार्यमा जुट्नु राम्रो पक्ष भएको भन्दै यसलाई सबै मिलेर आफ्नो ठाउँ सुन्दर बनाउन लाग्नुपर्ने बताए ।

उनले फोहोरले मानव स्वास्थ्यमा प्रत्यक्ष अप्रत्यक्ष असर पार्ने भएकोले सरसफाइ तथा अन्य कार्यक्रमहरु गरेर मानव स्वास्थ्यको हितमा काम गरिएकोले क्लबका युवाहरुलाई धन्यवाद ज्ञापनगर्दै समाजिक क्षेत्रमा हातेमालो गर्न आफु सधै तयार रहेको बताए ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...