आज्ञा खबर
बर्दिवास
नेवासमाज बर्दिवासको प्रयास र पहलमा महोत्तरीको बर्दिवास नगरपालिका ४ माईस्थान स्थित पञ्चधुरा माई मन्दिर परिसरमा बहुउपयोगी सामुदायिक भबनको निर्माणकार्य शुरु भएको छ । समाजको ९ औ बार्षिक साधारण सभा तथा गुठी भोजको अवसरमा शनिवार बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले नगरपालिकाको बजेटबाट सम्पन्न हुनेगरी भबनको शिलान्यास गरेका हुँन ।
नेवासमाज बर्दिवासका अध्यक्ष धननारायण श्रेष्ठको अध्यक्षता तथा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीको प्रमुख आतिथ्यतामा साधारण सभा तथा गुठी भोज सम्पन्न भएको हो।
साधारण सभालाई सम्बोधन गर्दै नगरप्रमुख क्षेत्रीले विभिन्न जातजातिको संस्कार संस्कृति भेषभुषाको रुपमा बर्दिवास नगरपालिका परिचत रहेको बताए । उनले हाल बर्दिवास नगरपालिकाले सबै जातजाती कला संस्कृती भाषा र धर्मको सम्मान तथा रक्षा गर्ने दायित्व बोकेको उल्लेख गरे ।

क्षेत्रीले नेवा समाजले भबन निर्माणकोलागी ल्याएको प्रस्ताबलाई नगरपालिकाले स्वागतगर्दै तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए । प्रमुख क्षेत्रीले भने, बर्दिवास नगरपालिकामा वहाहरुले ल्याउनु भएको प्रस्ताबलाई सहजै स्विकार्छु, वहाहरुले बिभिन्न कार्यक्रम सञ्चालनकालागी माईस्थान मन्दिर परिसर भित्र बहुउपयोगी भबन बिर्माणगर्न १५ लाख बजेट बिनियोजन गरीदिन प्रस्ताब लिएर मकहाँ आउनु भएको थियो।
भबन निर्माण सम्पन्नगर्न बाँकी रकम नेवार समुदायबाट संकलन गरेर काम सम्पन्नगर्ने धारणा राख्नुभयो तर त्यसलाई मैले सहजीकरणगर्दै सामुदायिक भबन निर्मार्णमा लाग्ने सम्पुर्ण खर्च बर्दिवास नगरपालिकाकै बजेटबाट सम्पन्न हुँने गरी ब्यवस्था मिलाउने प्रतिबद्धता ब्यक्त गरेको छु । क्षेत्रीले नेवा समाजलाई सहयोग गर्न बर्दिवास नगरपालिका सदैब तयार रहेको भन्दै साधारणसभाको पुर्ण सफलताको शुभकामना समेत ब्यक्त गरे । बार्षिक साधारण सभा तथा गुठी भोजको अवसरमा समाजले बर्दिवास ४ स्थित माईस्थमान मन्दिर परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी,रक्त सञ्चार केन्द्र बर्दिवासको प्राबिधिक सहयोगमा सो रक्तदान कार्यक्रम गरीएको हो।
रक्तदान कार्यक्रममा १९ जना पुरुष तथा ४ जना महिला गरेर २३ जनाले रक्तदान गरेको नेवा देयदवु बर्दिवासका अध्यक्ष उत्तम कुमार श्रेष्ठले जानकारी दिए ।
साधारण सभाकै अवसरमा समाजले विभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको थियो ।
