अर्धवस्त्रमै महिलालाई पक्राउ गरेको भन्दै प्रदेशसभामा सांसदको आपत्ति

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषा प्रहरीले एक महिलालाई अर्धवस्त्रमा पक्राउ गरेको भन्दै नेपाली कांग्रेस मधेस प्रदेशसभाका प्रमुख सचेतक कुमरकान्त झाले
सदनमा आपत्ति जनाएका छन्।

सोमबार बसेको मधेस प्रदेशसभाको बैठकमा बोल्दै उनले धनुषाको मिथिला नगरपालिका–१ बस्ने बबिता महतोलाई नुहाइरहेकै अवस्थामा धनुषा प्रहरीले प्रहरी जवान लगाएर पक्राउ गरेको भन्दै आपत्ति जनाएका हुन्।

प्रहरीले बबितालाई पेटिकोट र ब्लाउज लगाएकै अवस्थामा समातेर जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको घटना सम्बन्धमा प्रदेशसभा सदस्य झाले सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। ‘उहाँको अपराध होला, त्रुटि होला। त्यसमा कानुनले सजाय दिने हो। तर, एकातिर हामी महिला सम्मानको कुरा गरिरहेका छौं। महिला उत्थानको कुरा गरिरहेका छौं,’ प्रदेशसभा सदस्य झाले भने, ‘हाम्रै प्रदेशका प्रहरीले नुहाइरहेको अवस्थामा पेटिकोट र ब्लाउज लगाएको अवस्थामा महिलालाई समातेर ल्याएको छ। म त्यो घटनालाई घोर भत्र्सना गर्दछु।’ उनले उक्त घटनाको न्यायिक जाँच गर्न पनि माग गरे।

जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिवकुमार यादवले कानुन बमोजिम रित पु¥याएरै बैंकिङ कसुरका दुई फरार प्रतिवादी महिलालाई पक्राउ गरेको दाबी गरे।