एमाले सर्लाहीको वडा केन्द्रित तीन महिने अभियान शुरु

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाही सदरमुकाम मलंगवामा सोमवार एमाले सर्लाहीको वडा स्तरीय तीन महिने अभियानको सुरुवात गरिएको छ ।

एमाले पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा वडा केन्द्रित तीन महिने अभियान सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । जिल्ला कमिटी अध्यक्ष राजनारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीको संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, पार्टीका नेता एवं पूर्व मन्त्री द्वय लीलानाथ श्रेष्ठ र हरिप्रसाद उप्रेती, मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल लगायतको आतिथ्यता रहेको थियो ।

सर्लाहीमा २० पालिकाका २०० वटै वडामा यो अभियान सञ्चालन गरिने एमालेले जनाएको छ । आजको कार्यक्रममा जिल्लाभरबाट एमालेका अगुवा नेता, कार्यकर्ता सामेल भएका थिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...