सम्पुर्ण नगरवासीलाई निःशुल्क शव वाहन,,बिपन्नकालागी काजकिरिया,औषधि उपचार,भैपरीआउने बिपद खर्च

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकाले बिगत अढाई बर्षदेखी नगरवासीकालागी निःशुल्क शव वाहन सञ्चालनगर्दै आएको छ । मानिसको मृत्युपछि पार्थिव शरीरलाई एक ठाउँबाट अर्काे स्थानमा पुर्याएर दाहसंस्कार गर्नकालागी सहज बनाउने तथा मृतकका परिवारलाई आर्थिक भार कम गराउने उद्देश्यले बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले आफु निर्वाचित भएकै पहिलो नगर कार्यपालिकाको बैठकबाट निःशुल्क शव वाहन सञ्चालनमा ल्याउने निर्णय सर्बसम्मतबाट पारित गराएपछी बाहन सञ्चालनमा आएको बर्दिवास नगरपालिका वडा नम्बर २ का अध्यक्ष धिरेन्द्र कुमार सिंह (श्यामराजा)ले जानकारी दिए । निशुल्क शब बाहन सञ्चालन भएसँगै शोक र पीडाका बीच मृत्यु भएका नगरबासीको शवलाई यहाँको मोक्षधाम सम्म लैजान सवारी साधन खोज्नुपर्ने बाध्यताको अन्त्य भएको नगरपालिकाले जनाएको छ ।

बिषेशत“विपन्न नागरिकका घाउमा मलम लगाउदै आएका नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री निर्वाचित भए संगै नगर कार्यपालिकाको पहिलो बैठकबाटै अतिबिपन्न नागरीकको परीवारलाई वडा कार्यालयको सिफारिसमा औषधि उपचार,भै परीआउने बिपद खर्च र मृत्युपछीको काजकिरिया खर्च बापत रू २५ हजार उपलब्ध गराउने निर्णय समेत गरेर कार्यनवयनमा ल्याईएको हो ।
नगरभित्रका अतिविपन्न परिवारका मृतकको अन्त्येष्टि गर्न र त्यसपछिको अन्तिम संस्कारगर्न आर्थिक अभावका कारण कठिनाइ हुने गरेको अवस्थामा समेत राहत पुगोस भन्ने उद्देश्यले बिगत अढाई बर्षदेखी बिपद ब्यवस्थापन बापतको रकम उपलब्ध गराउँदै आएको नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले बताए ।

परिवारको सदस्य गुमाएको पीडा एकातर्फ छँदैछ,क्षेत्रीले भने, “त्यसमाथि आर्थिक अभावले झनै पीडा दिने अवस्थामा यो राहत दिने निर्णयले केही सहयोग पुगेको मेरो बुझाईछ ।”

क्षेत्रीले देहावसान परीवारलाई बिपद ब्यवस्थापन सहानुभूति कार्यक्रम अन्तर्गत रकम उपलब्द गराउदै आएको जानकारी दिए ।
यस क्षेत्रका अधिकांश मानिसहरू रोजगारीको सिलसिलामा तेस्रो मुलुक जाने गर्छन् ।

उनिहरुको घर परिवारका सदस्यको बैदेशिक रोजगारीको शिलशिलामा मृत्यु भएमा शव केही दिन पछी मात्रै आउने अवस्था समेत आएको देखिन्छ । यस्तो अवस्थामा मृतकको शबलाई चाँडै दाह संस्कार गर्न र आर्थिक भार कमगर्न समेत नगरपालिकाले थोरै रकमबाट भएपनी आफ्नो दायित्व पुरा गरेको छ ।

बर्दिवास नगरपालिका १ मा सञ्चालित सामाजिक संस्था बर्दिवास सेवा समितीले चार बर्ष अघि बर्दिवास नगरपालिकाको प्रयोजनकालागी उपहार स्वरुप प्रदान गरेको ज १ च ६२२ नम्बरको एम्बुलेन्सलाई बर्दिवास नगरपालिकाले शब बाहनको रुपमा सञ्चालन गर्दे आएको बताईएको छ ।