स्कार्पियोभित्र लुकाएर लैजादै गरेको ७ क्विन्टल भन्दाबढी गाँजा बरामद

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरी प्रहरीले स्कार्पियोभित्र लुकाएर लैजादै गरेको ७ क्विन्टल भन्दाबढी गाँजा बरामद गरेको छ।

शनिबार राति साढे १ बजे प्रहरीले बोदेबर्साइन नगरपालिका–३ हुलाकी राजमार्गबाट स्कार्पियो सहित ७ सय ११ केजी गाँजा बरामद गरेको हो।

चन्हीबाट बोदेबर्साइनतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२च ५८३४ नम्बरको स्कारपियोमा प्रहरी चौकी मौवाहाबाट खटिएको प्रहरी टोलीले चेकजाँचगर्दा गाँजा फेला पारेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए।

बस्नेतका अनुसार प्रहरी टोलीलाई देखेपछि चालक स्कारपियो छोडेर फरार भएका थिए। उक्त स्कार्पियोमा ३० वटा प्लास्टिकको बोरामा गाजा भेटिएको थियो।

बरामद गाँजा र स्कार्पियो गाडीबारे जिल्ला प्रहरी कार्यालय कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ। फरार चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।