जबरजस्ती करणी र विद्युतीय कारोबार मुद्दामा सिरहाबाट एक जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
सिरहा प्रहरीले जबरजस्ती करणी र विद्युतीय कारोबार मुद्दामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का ३१ वर्षीय विश्वराज राई रहेको प्रहरीले जनाएको छ ।

राई नेपाल विद्युत् प्राधिकरण, सिरहाका कार्यरत कर्मचारी हुन् । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट जबरजस्ती करणी एवं विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।
उनलाई बिहीबार सिरहास्थित हेमनारायण चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

राईलाई आवश्यक कारबाहीका लागि काठमाडौंस्थित साइबर ब्यूरोमा पठाइएको सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।