आज्ञा खबर
बर्दिवास
महोत्तरी प्रहरीले ६ क्विन्टल गाँजासहित ट्रक र त्यका चालकलाई नियन्त्रणमा लिएको छ।बर्दिबास–जलेश्वर सडकखण्ड अन्तरगत भंगाहा नगरपालिका वडा नम्बर –६, मजरा स्थित जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक एबं प्रवक्ता सन्तु प्रसाद जैसवारले बताए।
उनका अनुसार ट्रकको हुटमा कालो प्लास्टिकले बेरिएको ४० वटा रातो प्लास्टिकका पोका फेला परेको हो। जसमा ६ सय ४ किलो गाँजा रहेको जिल्ला प्रहरी कर्यालय महोत्तरीले जनाएको छ ।
ट्रकका चालक उदयपुरको कटारी नगरपालिका वडा –१ का गणेशबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता जैसवालले जानकारी दिए।