आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका – ८ हातीलेटमा शुक्रवारदेखी नेहा खाद्य उद्योग सञ्चालनमा आएको छ । उद्योगका सञ्चालक गुणराज पोखरेल(संतोष) तथा उनकी धर्मपत्नी अप्सरा पोखरेलको २१ औ बैवाहिक बर्षगाँठको उपलक्ष्यमा आयोजित एक बिशेश कार्यक्रमका बिच बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले उद्योगको उद्घाटन गरेका हुँन् । उद्घाटन सभालाई सम्बोधन गर्दै प्रमुख क्षेत्रीले बर्दिवास नगरपालिका भित्र रहेका सबै कृषीयोग्य जग्गामा सिचाईको ब्यवस्थागर्न नगरपालिकाले कृषी बिद्युतीकरणको कामलाई प्राथमिकताकासाथ अघि बढाएको बताए ।
उनले नगरभित्रको खेतीयोग्य जग्गामा डिप बोरीङ्ग मार्फत सिचाईको ब्यवस्था गरेर यहाँको उत्पादनलाई बढाउन र आकाशे खेती निर्भरताको अन्त्यगर्न नगरपालिकाको एक करोड लगानीमा खेत र उद्योग सम्भाबित सडकमा बिद्युती करणको काम सम्पन्न गरेको जनाए ।
प्रमुख क्षेत्रीले नगरभित्र उद्योग सञ्चानलगर्न अपेक्षा गरेका हरेक उद्यमीलाई नगरपालिकाले सहयोगगर्ने भन्दै स्थानिय सरकारको बजेटबाट औद्योगिक सडकहरुमा गरीएको बिद्युतीकरणले ब्यवसायीहरुको ठुलो धनराशीको बचत हुँने ठोकुवा गरे ।
उनले हाल देखिएको ब्यवसायीक तरलताको समयमा समेत उद्योग सञ्चालनको योजना ल्याएर बर्दिवासको आर्थिक समुन्नतीमा टेवा पुर्याउने लक्षय लिएकोमा नेहा खाद्य उद्योगका सञ्चालक पोखरेल दम्पतीलाई ब्यवसायीक सफलताको शुभकामना दिए ।
बर्दिवास नगरपालिका तथा आसपासका उपभोक्तालाई बिषाधि रहित जैबिक प्राकृतिक तवरले गुणस्तरीय चामल बिक्रिगर्ने योजना अन्तरगत १ बिघहा क्षेत्रफलमा सो चामल उद्योग सञ्चालनमा रहेको छ ।
करीब ७ करोड लगानी गरेर सञ्चालनमा ल्याईएको उद्योग सञ्चालनमा आएपछी बर्दिवास लगायत आसपासका किसान लाभान्भित हुँने सञ्चालक पोखरेलको भनाई रहेको छ ।