अन्तरजातिय विवाह गरेका जोडीलाई छुटाउने प्रयास गरेको भन्दै लालबन्दिमा प्रदर्शन

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
अन्तरजातिय विवाह गरेका दम्पतीलाई छुुटाउने प्रयास भइरहेको भन्दै बिहिवार साँझ सर्लाहीको लालबन्दीमा प्रदर्शन भएको छ ।

जात व्यवस्था उन्मुलन मोर्चाको आयोजनामा लालबन्दीस्थित मुख्य चोकमा साँझ सभा गरेर सर्लाहीको बरहथवाका सत्यन्द्र राम (चमार) र नेहा रौनियारको जोडिलाई छुटाउने प्रयास गरीएको भन्दै विरोध जनाइएको हो। बिरोध सभालाई सम्वोधन गर्दै शारदा विश्वकर्मा, जीवन साशंकरलगायतले राज्यले अन्तरजातिय बिवाहलाई संरक्षण गर्नुपर्नेमा उल्टै सरकारका गृहमन्त्री र प्रहरीका अधिकारी लागेर अन्तरजातिय वैवाहिक जोडी सत्यन्द्र र नेहालाई छुटाउन लागिपरेको भन्दै विरोध जनाएका हुन् ।

प्रदर्शनमा सहभागीले जातिवादी गृहमन्त्री राजिनामा गर, जात व्यवस्था मुर्दावाद, राज्य शक्तिको दुरुपयोग बन्द गर जस्ता नारा लगाएका थिए ।