आज्ञा खबर
बर्दिवास
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ड्युटीमा रहेका एक प्रहरी सहायक निरीक्षक(असइ)को मृत्यु भएको छ। जिप्रका महोत्तरीको कन्ट्रोल रुममा ड्युटी गरिरहेका असइ सुरेन्द्र राम चमारको मृत्यु भएको हो । ड्युटीमै रहेका बेला बुधवार साँझ अचानक श्वास प्रश्वासमा समस्या भएपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो ।
त्याहा प्राथमिक उपचरपछी उनलाई थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो त्यहा पुर्याएपछी उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मधुमेह तथा उच्च रक्तचापको रोगी रहेका असइ चमारलाई अचानक श्वास लिन समस्या भएपछि चिकित्सकले सिपिआर सहितको कृत्रिम माध्यमले अक्सिजन पुर्ति गर्ने प्रयास गरेपनि सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुप्रसाद जयसवारले बताए ।
२३ वर्ष १० महिना ८ दिन प्रहरीमा सेवा गरेका असइ चमार ७ महिना पहिले सिन्धुपाल्चोकबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय महोत्तरी आएका थिए ।