नेपाल फर्निचर तथा फर्निसिङ्ग ब्यवसायी महासंघ मधेश प्रदेशको दोश्रो साधारणसभा सम्पन्न

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
नेपाल फर्निचर तथा फर्निसिङ्ग ब्यवसायी महासंघ मधेश प्रदेशको दोश्रो साधारण सभा महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ।

नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष युवराज पौडेलले बिहिबार पानसमा बती बालेर साधारणसभाको उद्घाटन गरेका हुन ।
साधारण सभामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले आफ्नो मनतब्य राख्दै विश्व परिवेशका घटनाक्रम, महामारी र आर्थिक मन्दीले व्यवसायीहरू ज्यादै मारमा परेकाले सरकारले विशेष सहुलियतपूर्ण कार्यक्रम ल्याउनुपर्ने कुरामा जोड दिएका छन्।

उनिहरुले हाल ब्यवसायमा आएको तरलता र बजार मन्दीले ब्यसायीहरू पलायन हुँदै गएको उल्लेख गरे। साधारण सभाका बक्ताहरुले योगदान र सिपको आधारमा वर्गीकरण गरेर ब्यवसायीलाई सुविधा र सहुलियतको व्यबस्थापन गर्नुपर्ने कुरामा जोड दिए।

उनिहरुले नेपाली उत्पादनलाई उपभोग गर्ने गरी नेपाली कच्चा पदार्थको उपयोगमा सरकार उदासिन देखिएको आरोप लगाए ।
बक्ताहरुले ब्यवसायी आफैंले गुणस्तर र समय सापेक्ष उत्पादनमा पहल गर्न सके बिदेशी कच्चा पदार्थ तथा उत्पादन आयातमा भएको आकर्षण घट्दै नेपाली वस्तु तथा उत्पादन निर्यात हुनसक्ने बताए।

फर्निचर तथा फर्निसिङ व्यवसायीहरू आफू बलियो बन्न संस्थागत सुधारमा जोड दिनुपर्ने र समस्यालाई चिर्न संगठित भएर सम्भावना खोज्न समेत साधारण सभाका बक्ताहरुले सुझाब दिए। साधारणसभा नेपाल फर्निचर तथा फर्निसिङ्ग ब्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष बिनोद महतको अध्क्षयता तथा केन्द्रिय अध्यक्ष युवराज पौडेललको प्रमुख आतिथ्यतामा सम्पन्न भएको नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संस्था महोत्तरीका अध्यक्ष गोबिन्द बहादुर खड्का(रमेश)ले जानकारी दिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...