मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर संचालन

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
जनताको घरदैलोमै सेवा पुर्याउने उदेश्यले मटिहानी नगरपालिकाले बुधवारदेखी एकीकृत घुम्ती सेवा शिविर संचालन गरेको छ । नगरपालिकाको प्रतेक वडाको नागरिकको घरदैलोमै सेवा पुर्याउने गरि शिविर वडा नं. १ बाट उद्घाटन भएर सञ्चालनमा आएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले जानकारी दिए।

मण्डलका अनुसार पालिका र वडाबाट प्रवाह हुने सेवा एकीकृत रूपमा जनतासामु पु¥याउने उद्देश्यले विगत केहि वर्ष देखि शिविर संचालन हुदै आएको हो।उनले पालिका र वडामै पुगेर सेवा लिन छुटेका सेवाग्राही शिविरबाट लाभान्वित हुने वताए ।

शिविरमा योजना सम्बन्धि अभिमुखीकरण, योजना समझौता, व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङता परिचयपत्रको लागि दरखास्त संकलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, माटो परीक्षण (कृषि कार्यका लागि) कृषि मीटर सिफारिस तथा तरकारीको मिनी किट वितरण, गोबर र गर्भ परीक्षण, पशुपंक्षी सम्बन्धी परामर्श तथा औषधी वितरण, राजस्व असुली, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता लगायतका सम्पूर्ण सेवाहरु, स्वास्थ्य बिमा प्रदान गरिने बताईएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...