आज्ञा खबर
पर्सा
जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरेर भित्र्याइएका रु ५६ लाख ४६ हजार मूल्य पर्ने विद्युतीय सामग्रीसहित दैनिक उपभोग्य वस्तु बरामद गरेको छ ।
प्रहरीले जिल्लाका विभिन्न स्थानबाट मंगलवार भन्सार छली, चोरी पैठारी गरी ल्याइएका विद्युतीय, खाद्यान्न, सुर्ती, चप्पल लगायत अन्य सामग्री बरामद गरेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
बरामद गरिएका सामान बिलबिजक भन्दा कम मूल्य भएकाले राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उनको भनाई छ । उनले अन्य सामान कानुनी प्रक्रिया पूरा गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाईने समेत बताए।





































