आज्ञा खबर
महोत्तरी
माओवादी केन्द्रको मधेश र वाग्मती प्रदेशको इन्चार्ज परिवर्तन गरीएको छ । माओबादीले मधेश इन्चार्जमा मात्रिका यादव र वाग्मतीमा हितमान शाक्यलाई तोकेको हो ।
माओवादीको मधेश प्रदेशमा मात्रिका पक्ष र उपमहासचिब गिरिराजमणि पोखरेलपक्ष बिच विवादका कारण समस्या हुँदै आएको थियो । लामो छलफलपछि यादबलाई मधेश इन्चार्ज बनाएको एक नेताले बताए ।
यद्यपी पोखरेल पक्ष अझैपनि असन्तुष्ट रहेको उनको भनाइ छ ।माओबादीको केन्द्रीय पदाधिकारी बैठकले मधेश इन्चार्जमा रहेका लीलामणि पोखरेललाई केन्द्रीय सम्पर्क र समन्वयको जिम्मा दिएको छ । यसअघि वाग्मतीको इन्चार्जमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा थिए ।अरु प्रदेशमा भने नेताहरुको जिम्मेवारी पुरानै कायम राखिएको माओबादी केन्द्रले जनाएको छ ।