रौतहटबाट स्रोत नखुलेको १६ लाख भन्दा बढी रकमसहित २ जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
रौतहटबाट स्रोत नखुलेको १६ लाख भन्दा बढी रकमसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरेको शस्त्र प्रहरी बल नम्बर ११ गणका उपरीक्षक विक्रम हुमागाईंले जानकारी दिए ।

पक्राउ पर्नेमा राजपुर नगरपालिका– ४ का शिवमंगल साह र प्रवेज आलम रहेका छल ।रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ४ महुलियाबाट सशस्त्र प्रहरी बलले १६ लाख ४९ हजार २०० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।

बरामद गरिएको नगद, मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको उपरीक्षक हुमागाइले जानकारी दिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...