आज्ञा खबर
बर्दिवास
भारतको कुम्भ मेलाबाट फर्किँदै गरेको भारतीय नम्बरको स्करपियो दुर्घटना हुँदा ५ जना नेपाली को मृत्यु भएको छ।
मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–२ कट्टी घर भएका ६० वर्षीय बालकृष्ण झा, ५० वर्षीया इन्दु देवी, ५५ वर्षीय मनतारण देवी, ३० वर्षीया अर्चना झा र सिरहा जिल्ला घर भएका नाम थर नखुलेका चालकको मृत्यु भएको हो।
दुर्घटना मुजफ्फरपुर सदरथाना क्षेत्रको मादापुर फोरलाइन सडक खण्डमा रहेको मधुबनी मंदिर नजिक भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।
तिब्र गतीमा गुडिरहेको स्करपियोले अगाडीको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा शनिवार साँझ उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य ४ जना गम्भीर घाइते भएको पनि जानकारी आएको र अन्य विवरणहरू खुलिनसकेको महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तु जयसवारले जानकारी दिए।
उनका अनुसार भारतमा दुर्घटना भएकाले त्यहाँको प्रहरीसँगको समन्वयमा आवश्यक जानकारी लिने काम भइरहेको समेत उनले बताए।