ल्होसार पर्वले नागरबासी बीचको एकतालाई सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध नगर निर्माण कालागि अघि बढ्न उर्जा प्रदान गरोस : मेयर क्षेत्री

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
आज सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन्। मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्परा अनुसार यो पर्व मनाउँदै आएको पाइन्छ।

पर्वको अवसरमा बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले सोनाम ल्होसार पर्वले नगरबासी बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध बन्नकालागी उर्जा प्रदान गरोस् भन्ने कामना ब्यक्त गरेका छन्।

तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारको अवसरमा उनले सचिवालय मार्फत शुभकामना व्यक्त गर्दै यस्ता पर्वले बृहत् रुपमै नगरवासी बिचको एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन्।

बर्दिवास नगरपालिका भित्र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक सहितको विविधतायुक्त समाज रहेकाले यो समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नगरवासीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट नगरवासी बिचको एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास मैले लिएको छु भनेका छन् । मेयर क्षेत्रीले दिएको शुभकामना सन्देशमा भनिएको छ,‘सोनाम ल्होसार पर्वले नगरभित्रका सबै नागरिकबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध नगर निर्माण गर्नका लागि अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु।’

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...