समाज बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भण्डारी चयन

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सिन्धुली क्षेत्रनम्बर १ का संघिय संसद श्याम कुमार घिमिरेले बर्तमान परिबेशमा सहकारी सञ्चान गर्न चुनौती भएको बताएका छन । महोत्तरीको बर्दिवासमा बुधवार समाज बचत तथा ऋण सहकारी संस्थाको २२ औ साधारणसभालाई सम्बोधनगर्ने क्रममा उनले यस्तो बताएका हुन । उनले केहि गलत नियत भएका सञ्चालकले चलाएको सहकारी संस्थाका कारण असल सहकारी संस्था समेत संकटमा परिरहेको बताए ।

उनले साना ब्यवसायीले न्युन आय आर्जन गरेर सहकारीमा जम्मा गरेको रकम सहकारीले फिर्ता दिन नसक्नु राष्ट्रिय समस्या बन्दै गएकोमा दुख ब्यक्त गरे । संघिय संसद घिमिरेले भने, ऋण लिने र नतिर्ने ऋणीको धितो लिलाम गरीनुपर्छ ,बिना धितो ऋण लिएर तिर्न आलटालगर्ने ऋणीलाई कारवाहीको दायरामा ल्याउनु पर्छ यस्मा प्रहरी प्रसाशन र स्थानिय सरकारले सहयोग गर्नुपर्छ ।

एक फरक प्रसंगमा घिमिरेले बिगतमा देशमा राजनितिक अस्थिरताले देशको अर्थतन्त्र चलायमान नभएको भन्दै राजनितिक अस्थिरताले नागरिकमा नैरास्यता पैदा भएकोलेनै बर्तमान सरकारले राजनितिक स्थिरता कायम गरेर नागरिकको समस्था समाधान गर्न जिम्मेवार रहने ठोकुवा गरे । नेता घिमिरेले हाल बनेका दुई ठुलादलको सरकारलेनै संसदको बाकी अबधि पुरागर्ने बिश्वास ब्यक्त गरे ।

साधारण सभालाई सम्बोधन गर्दै बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले बचतकर्ताको बचतलाई सुनिश्चित गरीनुपर्नेमा जोड दिए । उनले नागरिकको बचतको रकम लिएर फरार हुने गरेको झोले सहकारीको पहिचान गरेर त्यस्ता सहकारीको दर्ता तथा सन्चालनमा रोक लागाउनुपर्नेमा जोड दिए।

मेयर क्षेत्रीले नगरभित्रका सबै सहकारी एक भएर योजना सहित आएमा नगरपालिकाले त्यस बिषयमा छलफल चलाएर कर्यान्वयनको दिशामा अघि बढने जनाए । मेयर क्षेत्रीले सबैकालागी एक र एककालागी सबै भन्ने मुल सिद्धान्तका आधारमा सञ्चालन भएको सहकारी देशकै मुल अर्थतन्त्रको मेरुदण्ड बनेको उनको भनाई छ ।

हाल बर्दिवास नगरपालिकाले नगरभित्रका सहकारीलाई उत्पादनको क्षेत्रमा सहयोगको हात बढाएको भन्दै उनले यहाँ सञ्चालित सहकारी संस्थालाई कृषी र पशुपालनमा प्रोत्साहनगर्न चाहेको उल्लेख गरे ।
साधारण सभामा सहकारीका सचिब उमेश न्यौपानेले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई थप सुदृढ बनाउने योजना प्रस्तुत गरेका थिए।

सोही अनुसार संस्थाको शेयर पुँजी १ करोड ७२ लाख ९५ हजार, कुल बचत १६ करोड १२ लाख ६४ हजार ७ सय ३९ ,ऋण लगानी २१ करोड ७२ लाख ५२ हजार ६ सय ३४ रुपैयाँ ,जगेडा कोष हिसाब १ करोड १३ लाख ३३ हजार १ सय ५१ रुपैया,ँ रहेको छ । साधारण सभाको क्रममा संस्थाले २ लाख भन्दाबढी शेयर खरीदगर्ने शेयर सदस्य, असल बचतकर्ता,असल ऋणी शेयर सदस्यका जनेहन्दार बिद्यार्थी लगायतलाई सम्मान गरेको संस्थाले जनाएको छ ।

संस्थको २२ औ साधारण सभाले गितादेबी भण्डारीको अध्यक्षतामा ११ सदस्य नयाँ सञ्चालक समिती समेत चयन गरेको छ । जस्को उपाध्यक्षमा फुलमाया घिसिङ्ग सचिबमा उमेश न्यौपाने कोषाध्यक्षमा रमेश प्रसाद कोईराला सहसचिबमा सुर्यबहादुर कार्की तथा दस्यहरुमा धनमाया बि.क,परमेश्वर महतो संतोष कुमार भुजेल लगायतका रहेका छन्। आज सम्पन्न २२ औ साधारण सभाले ध्रुब बिष्टको अध्यक्षतामा ३ सदस्दस्य लेखा समिती समेत चयन गरेको समाज बचत तथा ऋण सहकारी संस्थाका सचिब उमेश न्यौपानेले जानकारी दिए ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...