बिजय साह
धनुषा
धनुषाको छिरेश्वरनाथ नगरपालिकामा १ सय ४० परिवारलाई गाउँब्लकको जग्गाको लालपुर्जा वितरण गरिएको छ । छिरेश्वरनाथ नगरपालिका ३,४ र ६ मा वर्षौदेखि भोगचलन गर्दै आएका परिवारलाई सो गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो
जग्गा आफ्नै भएर समेत भुमिहीन भई बसिरहेका स्थानियको जिवन स्तरमा परिवर्तन ल्याउन तथा आवश्यक परेको समयमा बैकमा धितो राखेर ऋण लिएर ब्यवसाय र अन्य प्रयोजनका साथै खरीद बिक्रि गर्न सक्ने प्रक्रियालाई सहज बनाउन लालपुर्जा बितरण गरीएको
नगर प्रमुख सुखदेव यादवले बताए ।
उनले आफ्नो कार्यकालको बिगत दुईबर्ष देखिनै गाउँब्लक जग्गामा वर्षौंदेखि बसोबास गरिरहेकाहरूको लगत सङ्कलन गरी लालपुर्जा वितरण गर्ने लक्ष्य रहेको जनाए ।
लालपुर्जा पाएपछि स्थानीय खुसी भएका छन उनिहरुले बुवा,बाजेको पालादेखी भोगचलन गर्दैआएको पुख्र्याैली जग्गामा आफ्नै कानुनी स्वामित्वमा आएकोमा नगरपालिका,नापी कार्यालय र मालपोत कार्यालयलाई धन्यवाद दिएका छन् ।
लालपुर्जा वितरण कार्यक्रममा भूमि आयोग धनुषाका अध्यक्ष सुरेश कोइराला, नापी कार्यालय धनुषाका कर्मचारी, विभिन्न वडाका जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।
