आज्ञा खबर
धनुषा
काठमाडौंबाट धनुषाको भारतीय सीमावर्ती जटहीकालागी हिडे्को यात्रुबाहक बसभित्र एकजना यात्री सिटमै मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव रहेको प्रहरीले जनाएको छ ।
मधेश प्र.००४–००१ ख ०१५७ नम्बरको बसमा मिथिला नगरपालिकाको ढल्केवरमा उनी मृत फेला परेका हुन् ।
सिटमै यादव मृत फेला परेपछि बसलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
बस प्रहरीको नियन्त्रणमा रहेको छ भने यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएका छन्।





































