धनुषामा दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ कार्यक्रम

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट कार्यक्रम’ नामक अभियान शुरु गरेको छ ।
दुई पाङ्ग्रे सवारी दुर्घटनाको जोखिम न्यूनीकरण र रोकथामका लागि कार्यालयले विशेष ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको हो ।
यो अभियान धनुषा जिल्लाका विभिन्न ट्राफिक पोस्टमार्फत सञ्चालनमा आएको हो ।

दुई पाङ्ग्रे सवारी साधनले ७० प्रतिशत दुर्घटना गरीरहेकाले दुर्घटनाको दर घटाउनु, सवारी चालकलाई सुरक्षित यात्राका लागि आवश्यक जानकारी दिनु र ट्राफिक नियमको पालना गर्न सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

पछिल्लो समय धनुषा जिल्लामा दुई पाङ्ग्रे सवारी साधनको संख्यामा भएको वृद्धिले सवारी दुर्घटनाको जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै यस प्रकारको सचेतना कार्यक्रमको आवश्यकतालाई पहिचान गरेको उनले बताए ।

कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरीहरूले सडकमा दुई पाङ्ग्रे सवारी चालकहरूलाई रोक्दै उनीहरूलाई ट्राफिक नियम, हेलमेटको अनिवार्य प्रयोग, गति नियन्त्रण र अन्य सुरक्षासम्बन्धी जानकारी दिनेछन् ।

कार्यक्रमलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीहरूले सवारी चालकहरूसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूलाई दुई मिनेटभित्र आवश्यक सुरक्षा सन्देश प्रदान गर्ने प्रहरी निरीक्षक वलीले बताए।
उनका अनुसार कार्यक्रमको सफल कार्यान्वयनले दुर्घटनाको दरमा सकारात्मक सुधार ल्याउने विश्वास गरिएको र यसले धनुषा र वरपरका क्षेत्रलाई सुरक्षित बनाउन मद्दत पु¥याउने छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...