बर्दिवासमा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले आफ्नो दुईबर्षे कार्यकालको सफलताभित्र खेकुदको बिकास समेत रहेको बताएका छन् ।
महोत्तरीको बर्दिवासमा आईतवारदेखी शुरु भएको सो खेललाई उद्धघाटन गर्ने क्रममा उनले यस्तो बताएका हुँन ।
उनले आफ्नो दुईबर्षे कार्यकाल बितिरहदा यस खेलमा दुई पटक नै नगरपालिका बिजयी भएको हुनाले प्रतियोगितामा बर्दिवास नगरपालिका ले उल्लेखनिय बिकास गरेको जनाए । क्षेत्रीले भने,यस खेलमा छनोट भएर जाने खेलाडीलाई तेश्रो पटक समेत बिजयी भएर आउने बिश्वास लिएको छु, त्यसैले जितेर ल्याएको शिल्ड तथा पुस्कारलाई यथाबत राख्न चाहन्छु । खेलाडी भाईबहिनीहरु तपाँईहरुले जितेको शिल्ड बर्दिवास नगरपालिकाको गौरब र ईतिहास पनि हो ।

उनले खेलाडी तथा प्रशिक्षकहरुलाई जितको शुभकामना दिदै नरभित्र जेहन्दार ईमन्दार खेलाडी उत्पादन गरेर जिल्ला स्तरमा पुगेर बिजय हासिल गर्ने खेलाडीलाई नगरपालिकाले आर्थिक सहयोगगर्ने प्रतिबद्धता समेत नगर प्रमुख क्षेत्रीले जनाए ।
उद्धघाटन कार्यक्रलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत राममणी अधिकारीले नगरभित्र खेलको बिकासगर्न बिद्यार्थीलाई बिद्यालय स्तरबाटै जोडनुपर्नै आवश्यकता औल्याए ।
खेलले अनुसाशित, मर्यादित र सामुहिक संगठनात्मक संरचना तयार गर्दै नेतृत्वको बिकास समेत गर्ने हुनाले खेलमा हुँने गरेको प्रतिस्प्रधात्मक क्षमताको बिकासले सामाजिक बिकासमा महत्वपुर्ण योगदान पुर्याउने उनको भनाई छ ।महोत्तरीको बर्दिवासमा आईतवारदेखी चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

बर्दिवास नगरपालिका युवा तथा खेलकुद शाखाको सहयोग तथा अल स्पोर्ट क्लब बर्दिवास १ को आयोजनामा सुरु भएको प्रतियोगिताको उद्धाटन खेलको १०० मिटरको दौडमा छात्रा तर्फ श्री मा.बि. हातीलेटकी नम्रता दर्लामी प्रथम भएकी छिन त्यसैगरी खेलमा सेन्ट्रल प्वाईनट एकेडेमीकी सृष्टि बरुवाल दाश्रो र श्री जनता मा.बि गौरीडाँडाकी रेसिका कोईराला तेश्रो भएकी हून।

खेलमा १०० मिटरको दौडमा छात्र तर्फ जनहित नन्दलाल मा.बि चौलिखाका मणिराज मगर प्रथम,जनता मा.बि गौरीडाँडाका शिब कुमार चौधरी द्वितीय र श्री मा.वि.बनरझुल्लाका राजु कुशवाहा तृतिय भएको बताईएको छ ।

 

बर्दिवास नगरपालिकाभित्रका १६ वटा सामुदायिक तथा संस्थापक बिद्यालय सहभागी रहेको चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता को आईतवारको खेलमा १२ वटा खेल समुह सहभागी भएको अल स्पोर्ट क्लब बर्दिवास १ ले जनाएको छ । खेलमा भलिबल र कबडी खेल भने सोमवारदेखी खेलाईने भएको हो ।

सोहि खेलको सट पुट तर्फको छात्रतर्फ श्री जनता मा.बि गौरीडाँडाका सरोज कुमार चौधरी प्रथम जनहित नन्दलाल मा.बि चौलिखाका शिबम साह द्वितीय र श्री मा.बि हातीलेटका अमरपन बरायली तृतिय भएका हुँन ।
खेलमा सट पुटको छात्रा तर्फ श्री जनता मा.बि गौरीडाँडाकी सिमा गोले प्रथम,जनहित नन्दलाल मा.बि चौलिखाकी बिभा साह द्वितीय र कामिडाँडा मा.बि की प्रमिसा लुङ्गेली तृतिय रहेको आयोजकले जनाएको छ ।