आज्ञा खबर
सर्लाही
सर्लाहीको बागमतीमा शनिवारदेखी आँखामा लाग्ने रोग मोति बिन्दुको बिरामीको शल्यक्रिया (अप्रेसन) सुरु भएको छ ।
बागमती नगरपालिकाको आयोजनाा तथा तिलगंगा आखा प्रतिष्ठानको प्राबिधिक सहयोगमा माघ ४ गतेदेखि शुक्रवारसम्म नगरका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर राखिएको थियो । ति सबै ठाउँमा फेला परेका मोति विन्दुका बिरामीको शनिवारदेखी बागमती नगरपालिका ५ सोल्टीबजारस्थित जनता नमूना माध्यमिक विद्यालयमा अप्रेसन सुरु गरीएको हो ।
यसैक्रममा शुक्रवार १ सय ५० जनाको आँखाको सल्यक्रिया गरिएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक पदम रायमाझीले जानकारी दिए । उनका अनुसार एक साता चलाइएको आँखा शिविरमा करिव २ हजार जनाको आँखा परीक्षण गर्दा ५ सय ९५ जनामा मोति बिन्दुको समस्या देखिएको छ । उनीहरुको माघ १४ गतेसम्म शल्यक्रिया गरीसक्ने बाग्मती नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।





































