शिक्षा र स्वास्थ्यको काममा अघि बढ्न सकेमात्रै बिकासको प्रत्याभुती नागरिकले पाउँछन : मन्त्री भण्डारी

[sharethis-inline-buttons]

संघिय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम अघि बढ्न सकेमात्रै बिकासको प्रत्याभुती नागरिकले पाउने बताएका छन । माहोत्तरीको बलवा नगरपालिका ११ धमौरा स्थित स्वास्थ्यचौकी लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने क्रममा उनले यस्तो बताएका हुँन ।
उनले ठुला बिकासका योजनाहरु संघिय सरकारको बजेटबाट सम्पन्न हुने भएकाले त्यस्ता योजनाका कामहरु महोत्तरी क्षेत्र नम्बर २ मा आफ्नो पहलमा सम्पन्न हुँने जनाए ।


जनताको आशा र भरोसा अनुसाको कामगर्न आफु प्रतिबद्ध रहेको भन्दै मन्त्री भण्डारीले नागरिकका आधारभुत अवश्यकता संग जोडिएर काम गर्न सकेमात्रै जनताले घरदैलोको सरकारको अनुभुती गर्ने उल्लेख गरे । बलवा नगरपालिका स्वास्थ्य र शिक्षामा अघि बढोस भन्ने आफ्नो चाहना रहेको भन्दै नगर सरकारले नगर शिक्षक भर्ना गर्ने योजना ल्याउन खोजेर प्रशंसा योग्य काम गर्न चाहेको उनको भनाई छ । मन्त्री भण्डारीले बलवा नगरपालिका भित्र एकजना बिशेषज्ञ चिकित्सकको अवश्यकता रहेको औल्याउदै नागरिक स्वस्थ रहन सकेमात्रै आउँदो पुस्ताले धन्यवाद दिने बताए ।

मन्त्री भण्डारीले नगरपालिकाको एक वडाबाट अर्काे वडा ,वडाबाट नगरपालिकाहुँदै सदरमुकाम जलेश्वर तथा महेन्द्र राजमार्ग को बर्दिवास जोडने सडकहरु निर्धारीत समयभित्रै कामशुरु गरेर सम्पन्न गर्न आफुले पहलकदमी लिएको बताए । एक फरक प्रसंगमाभण्डारीले श्रमिकहरूको हकहितमा प्रशस्तै काम सुरू भएको भन्दैकामको खोजीमा विदेशिएका नेपाली श्रमिकहरूको रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाइने प्रतिबद्धता जनाए ।

यसै क्रममा हेल्पिङ्ग ह्यान्डफोर रिलिफ डेभलोप्मेन्ट नेपालले धमौरा स्वास्थ्य चौकीलाई बैशाखी, ह्विल चेयर, बिरामी सुताउन प्रयोग गरीने बेड लगायत बिभिन्न स्वास्थ्य सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरेको सो स्वास्थ्य चौकीले जनाएको छ ।