महोत्तरी प्रहरीको घुम्ती प्रशिक्षण सुरक्षा विशेष अनुशिक्षण तालिम सम्पन्न

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा माघ ६ गतेदेखि सञ्चालन भएको “घुम्ती प्रशिक्षण सुरक्षा विशेष अनुशिक्षण तालिम” माघ ११ गते समापन भएको छ । समापन कार्यक्रम प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

पाँच दिनसम्म सञ्चालन भएको उक्त तालिममा प्रहरी बरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ६ जना, प्रहरी सहायक हवल्दार १ जना र प्रहरी जवान २७ जना गरी जम्मा ३५ जना प्रशिक्षार्थी सहभागी थिए ।

समापन समारोहमा प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक जैसवारले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण गर्नुका साथै तालिममा सिकेका सीपलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न निर्देशन दिनुभयो। उहाँले तालिमले प्रहरी कार्यक्षमतामा सुधार ल्याउन र नागरिक सुरक्षामा थप योगदान पु¥याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

तालिमका क्रममा सहभागीहरुले सुरक्षा, अनुशासन, रणनीति, र घुम्ती निगरानीका विषयमा गहन अध्ययन र अभ्यास गरेका थिए । यस प्रकारका तालिमले प्रहरी संगठनलाई थप सशक्त बनाउँदै कानून व्यवस्था कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

तालिमलाई प्रभावकारी बनाउन प्रशिक्षक र सहभागीहरुबीचको सहकार्यलाई विशेष प्राथमिकता दिइएको हो । तालिम समापनका अवसरमा सहभागीहरुले सिकाइ अनुभवलाई कार्यक्षेत्रमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...