मोटरसाइकलको ठक्करबाट भौतिक मन्त्रालयका चालकको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

जनकपुरको मधेश भवननजिक शुक्रवार बिहान दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु भएको छ ।
जनकपुरको लक्ष्मिनीया गाउँपालिका वडा नम्बर १ निवासी पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको मृत्यु भएको हो ।

बिहान कार्यालय आउन लाग्दा मधेश भवन अगाडि विद्यार्थीले बिपरीत दिशाबाट चलाएरको मधेश प्रदेशको २(०२(००४ प ८१९६ नम्बरको मोटरसाइकल र यादव सवार ज १ ब ७५५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जनकपुरका प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताए ।

ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएका यादवलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल र चालकसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...