धनुषामा ६ महिनामा २६ जनाको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषामा बितेका ६ महिनामा सडक दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार सो अवधिमा भएका पाँच सय छ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो । अघिल्लो वर्षको सोही अवधिमा पाँच सय ९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए ।
उक्त कार्यालयले समीक्षा अवधिमा ट्राफिक नियम उल्लङ्घन गरेका १२ हजार पाँच सय ९३ सवारीसाधनका सञ्चालकबाट रु ९७ लाख ५८ हजार पाँच सय राजस्व सङ्कलन भएको जनाएको छ । गत आ.व.को सोही अवधिमा १४ हजार दुई सय ३६ सवारीसाधनबाट रु एक करोड छ लाख ५४ हजार पाँच सय राजस्व सङ्कलन भएको जिल्ला ट्रफिक कार्यालय धनुषाले जनाएको छ । रासस

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...