निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकाले आफ्नो स्वामित्वमा बर्दिवास १ स्थित हातीमारा खोलामा पुल निर्माणको कार्य सुरु गरेको छ । नगरपालिकाको १ र ३ नम्बर वडालाई जोड्ने पुल निर्माण गर्न बर्दिवास नगरपालिकाले साईबाबा निर्माण सेवा जनकपुरधाम संग २०८०–१२–२१ गते सम्झौता गरेको हो ।
पुल निर्माण कार्य शुरुभएपछी नगरपालिकाको दमार,राईमण्डल,भ्यागुते रातमाटेका स्थानियलाई बर्षाको समयमा आबत जाबत गर्नमा सहज हुँने बर्दिवास नगरपालिका १ का स्थानिय ज्ञान बहादुर बस्नेतले बताए ।
उनले भने बर्षातको समयमा खोलामा बाढी आएर बालबालिकालाई बिद्यालय जान समस्या भईरहेको थियो अब पुल बन्न शुरु भएको छ,सुनेकोछु यसैबर्ष बर्षा आउनु भन्दा पहिलेनै बनिसक्छ,अब केटाकेटीलाई स्कुलजान र मास्तिर बसोवास गर्नेहरुलाई पनि तरकारी फलफुल बेच्न अनी किनमेल गर्नकालागी बजार आउन सजिलो हुन्छ ।
पुल २०८१ असार मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य लिएर बर्दिवास नगरपालिकाले साईबाबा निर्माण सेवा जनकपुरसंग निर्माण सम्झौता गरेको जनाएको छ ।

बर्दिवास नगरपालिकाको १ करोड १२ लाख ६८ हजार ९ सय ८५ रुपैयाँ बजेटबाट निर्माण ठेक्का कबोलको जिम्मेवारी पाएको पुलको लम्बाई २८ मिटर र चौडाइ ८.४.० मिटर रहेको बर्दिवास नगरपालिका योजना शाखाका अधिकृत दिपक पौडेलले जानकारी दिए ।
हातीमारा खोलामा पुल नहुँदा स्थानीयहरू वर्षायाममा बाढीको जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको स्थानिय श्याम कुमार तामाङ्गले जानकारी दिए ।
उनले भने, अहिले नगरप्रमुखको योजनामा सबै वडामा यसैगरी बिकासको कामहरु अघिबढीरहेको सुनेको छु,कतिपय म,पुग्न सकेको ठाउँहरुमा,त देखेकोपनि छु,यो हाम्रो लागी मात्रै नभएर सिङ्गो बर्दिवास बासीको बिकासको बिषय हो ।
बिगतको तुलनामा अहिले बर्दिवास भित्र सबैतिर बिकासको लहर आएको छ । यो पुलको काम सकिएर पुल बनेपछी भोलिको दिनमा आन्दोलन भएर राजमार्गमा चक्काजाम भएपनि बैकल्पिक बाटोको रुपमा यो बाटो र पुललाई प्रयोगगर्न सकिने छ ।





































