पेस्तोलसहित धनुषाबाट दुई जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
सशस्त्र प्रहरीले पेस्तोलसहित दुई जनालाई धनुषाबाट पक्राउ गरेको छ । पक्रउ पर्नेमा धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, सीतानगरका २४ वर्षीय तेजेशकुमार महतो र भारतको मधुवनी जिल्लाको सिलानाथ बरही ग्राम पञ्चायत–५ का २१ वर्षीय रुपेशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बिओपी धनौजीको सशस्त्र प्रहरी निरीक्षक रविन्द्र दाहाल नेतृत्वको टोलीले धनौजी गाउँपालिका–४, भडरियामा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ९ एमएम बाउनिङ् पेस्तोल,एक थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने एक राउन्ड गोलीसमेत बरामद भएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...