निकेश खनाल
बर्दिवास
नेपाल निजामती कर्मचारी युनियन बर्दिवासको अध्यक्षमा रोमन निरौला चयन भएका छन्। युनियनको बर्दिवास नगरपालिकामा सोमवार भएको भेलावाट निरौलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्ष खुल्लामा कमला कार्की,उपाध्यक्ष समावेशीमा पुष्पराज कोईराला ,सचिवमा पशुराम थापा, सहसचिवमा प्रिया कर्ण , कोषाध्यक्षमा सरस्वती महतोे चयन भएको समितीका सल्लाहकार बिनोद ढुंगेलले जानकारी दिए ।
यसैगरी समितिको सदस्यहरुमा लब कुमार यादब, पबन कार्की, लिला भुजेल, सुमित्रा कार्की, पुन्यबती पौडेल, हरि पौडेल, जिबन अर्याल, साजन दहाल, रहेका छन् । यस्तै भेलाले शुरेश पासवानको संयोजकत्वमा सात सदस्य सल्लाहकार समिती समेत चयन गरेको छ । सल्लाहकार समितीको सदस्यमा संतोष बराल,बिनोद ढुंगेल,शम्भु साह,शिक्षा न्यौपाने,पुष्पा कर्ण,अनुपमा साह रहेको बताईएको छ । नेपाल निजामती कर्मचारी युनियन महोत्तरीका अध्यक्ष भरत यादबको अध्यक्षतामा सम्पन्न भेलालाई उद्घाटन गर्दै नेपाली काँग्रेसका महासमिती सदस्य तथा बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले कर्मचारी देशको विकासको प्रमुख मेरुदण्ड भएको बताए । उनले कर्मचारीले चाहेमा हरेक क्षेत्रका काम कारबाही सहजरुपमा हुने भन्दै कर्मचारीले निष्पक्ष ढंगले जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिए । कर्मचारी आफ्नो सेवा प्रति कर्तव्यनिष्ठ हुन सकेमा मात्रै नागरिकले छिटो छरीतो सेवा पाउने उनले बताए ।

नेपाल निजामती कर्मचारी युनियन देशकै शक्ती भएकाले एकतानै सबैभन्दा ठुलो बल भएको मेयर क्षेत्रीले उल्लेख गरे । उनले बिभिन्न राजनितिक दलको आ—आफ्नै संगठन भएकाले आफुले रुचाएको संगठनमा मात्रै स्वईच्छालेआबद्ध हुँन आग्रह गरे ।
क्षेत्रीले कर्मचारी बिचको एकता सबैभन्दा ठुलो बल भएकाले कर्मचारीको अधिकारलाई कसैले पनि हनन गर्न नसक्ने ठोकुवा गरे । क्षेत्रीले भने, म सधै कर्मचारीको पक्षमा छु त्यसैले बिगतको नगर सरकारले गरेको कर्मचारी भर्नालाई हामिले सम्मान गर्दै ढुक्क भएर कमकाजगर्न निर्देशन गरेका छौ, मेरो बाँकी कार्यकालमा समेत कर्मचारीको पेशागत हितमा काम गर्ने छु ।
मानिसले योग्यता,क्षमता र बिबेक प्रयोग गरेर जागिर खाने भएकाले नगरपालिका भित्रका कर्मचारीको हितकालागी अहिले दैनिक ज्यालादारीमा कामगर्ने यहाँका सम्पुर्ण कर्मचारीलाई अब आउने नगरसभाबाट करारमा रुपान्तरण गर्ने योजना नगरपालिकाको रहेको छ ।
उनले स्वास्थ्य र शिक्षालाई गुणस्तरीय बनाउन नगरपालिकाले कुनैपनि किसिमको सम्झौता नगर्ने भन्दै हाल यो क्षेत्रमा कामगर्ने कर्मचारीको दरबन्दि मिलानमा बिशेश ध्यान दिईएको ठोकुवा गरे ।





































