अतिक्रमित जग्गा फिर्ता ल्याउन जनदवाव

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिबास

वर्दिवास नगरपालिका भित्र रहेका सार्वजनिक जमिन व्यक्तिहरुले अतिक्रमित गरेको विषय पेचिलो वनेको छ । पावर र पैसाको वलमा सरकारी, सार्वजनिक जग्गा व्यक्तिले हडप्दा समाजमा नकारात्मक छाप परेको छ । वर्दिवास नगरपालिकाले आयोजना गरेको सर्वदलिय वैठकमा सवै राजनैतिक दलका प्रतिनिधिहरुले नगरपालिकाले सार्वजनिक जमिन संरक्षणको लागि वडा वडामा समिति वनाएकोमा खुलेर प्रशंसा गरेका छन् ।

नेकपा एमाले, काग्रेश, माओवादि लगाएतका सवै दलका प्रतिनिधिहरुले समाजका ठुलावडा भनौदाहरुले नै सार्वजनिक जमिन हडप्ने गरेको हुँदा कारवाहि गर्न असहज भएको भनाइ राखेका छन् । रातुखोला किनार, भप्सी खोला किनार, वर्दिवास नगरपालिका वडा नं. १ का उत्तर तर्फका सामुदायिक वन क्षेत्र, सार्वजनिक पोखरी तथा सामुदायिक वन क्षेत्र वरपरका जमिन धेरै नै अतिक्रमित भएको वक्ताहरुले वताए ।
अतिक्रमन गर्नेहरुले ति स्थानहरुमा १ कठ्ठा किनेर १० कट्ठा कव्जा गर्ने प्रवृति देखिएको हुँदा जनताको भावना अनुसार त्यस्तो कार्य निरुत्साहित गर्न सवै वडाका वडाअध्यक्षहरुको संयोजकत्वमा खोजविन समिती वनाएर काम शुरु गरेको नगरप्रमुख प्रहलाद कुमार क्षेत्रीले वताए । नाम उल्लेख नगर्ने सर्तमा वर्दिवास नगरपालिकाका एक वडाअध्यक्षका अनुसार अतिक्रमित जग्गा थाहा पाएर पनि डरले कोहि वोल्न नसकेको वताउछन् ।

नगरको विकासमा नगरवासिमा सकारात्मक संचार प्रवाह गर्न यस किसिमको काम जरुरी रहेको वर्दिवास २ का रामचरीत्र वताउछन् । नगर प्रमुख क्षेत्रीले एउटा पाटो मात्र नहेरी सवै क्षेत्रको समान विकासमा जोड दिएको हुँदा लाखौ मुल्य पर्ने अतिक्रमित जमिन फिर्ता ल्याउन सके नयाँ ईतिहास रचिने नगरवासिको विश्वास छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...