बीरगंजबाट गाँजासहित एक जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
पर्सामा करिब दुई क्वीन्टल गाँजासहित शनिबार राति एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १२, रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जन रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरिया बाट खटिएको संयुक्त प्रहरीको टोली बा.प्र. ०३–००१ ख ३५८७ नम्बरको ट्रकको नजिक जाँने क्रममा वीरगञ्ज महानगरपालिका १९ बर्वाबाट १ सय ९५ किलो गाँजासहित पक्राउ गरेको हो।

गाँजा अनलोड गरी परालको थुप्रोमा लुकाइछिपाइ भाग्ने क्रममा ट्रकचालक सुकलाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ । सो घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...