आज्ञा खबर
जनकपुरधाम
मधेस प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा शनिबार सहिद परिवारका सदस्यहरुलाई सम्मान गरेको छ।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहिद परिवारलाई सम्मान गरेको हो।
सो कार्यक्रमलाई सम्बोधनगर्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसलाई अधिकार सम्पन्न बनाउन अझै संघर्षको आवश्यकता रहेको बताए । उनले सहिद परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने भन्दै सहिद परिवारका सम्पूर्ण सदस्यको बिमा गर्ने कार्यक्रम सुरु गरेको जानकारी दिए।
कार्यक्रममा जनयुद्ध,मधेश आन्दोलन तथा बिभिन्न कालखन्डमा साहदत भएका परिवारका सदस्य तथा जिउँदो सहिदहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।





































