भुमिहिनको समस्या समाधान भएमात्रै खादा र मालाको औचित्य रहन्छ : अध्यक्ष महतो

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
राष्ट्रिय भुमि आयोग महोत्तरीका अध्यक्ष पिताम्बर महतोले भुमिहिन अब्यवस्थित दलित भुमिहिनहरुको समस्या दिर्घकालिन रुपमै समाधान गर्नसके मात्रै खादा,माला र सम्मानको औचित्य रहने बताएका छन । महोत्तरीको बर्दिवासमा नगरपालिकाले राखेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुँन ।

उनले भुमिहिन र अब्यवस्थित बसोवासीको सवालमा बर्दिवास नगरपालिकाले बिषय बस्तु अघि बढाईसकेकाले त्यसता बिषयहरुलाई प्रक्रियामा लगिने जनाए । उनले बिगतमा भएका कामहरुको स्वामित्व लिदै कानुन संबत किसिमले छुटेका कमहरुलाई समेत अघि बढाईने उल्लेख गरे । अध्यक्ष महतोले आफु भुमिहिनहरुको समस्या समाधानगर्न आएकाले महोत्तरी जिल्ला भित्रका सबै समस्याहरु क्रमश.ं निराकरण गर्दै लगिने कुरामा जोड दिए । सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बिगत दुई बर्षदेखी बर्दिवास नगरपालिकाले भुभिहिन दलित अब्यवस्थित र ऐलानी जग्गाहरुको उचित बयवस्थापनमा बिशेष पहल गरेकै कारण वडा नम्बर २ का नागरिकलाई लालपुर्जा बिततरणगर्न सफल भएको उल्लेख गरे ।

उनले बर्दिवास नगरपालिका हिजो भन्दा आज बिभिन्न क्षेत्रको बिकासमा सबल बन्दै गएको भन्दै आयोगमा आएको नयाँ नेत्रृत्वले बर्तमान समस्यालाई समाधान गरेर निकास दिने बिश्वास ब्यक्त गरे । कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत राममणी अधिकारीले भुमिहिनलाई जग्गा बड्ने कुरा सबै भन्दा कठिन भएको बताए । उनले यो समस्या समाधानगर्न खोज्दा बनको अधिकारसंग मौलिकहक लगायत बिभिन्न कुरासंग जोडिदैजाने भएकाले प्रक्रिया लम्बिदै गएर आजसम्म समस्या समाधान हुन नसकेको जनाए । उनले बिभिन्न समयमा भईरहेको राजनितिक उतार चढाबका कारण समस्या ओझेलमा पर्दै गएको बताए । अधिकारीले यस्ता समास्यालाई बर्दिवास नगरपालिकाले तिब्रगतिमै समाधान गर्नुपर्ने भएकाले महतोकै कार्यकालभित्रै भुमिहिन दलित सुकुम्बासी र अब्यवस्थित,एलानी बसोबासीकालागी लालपुर्जा बितरणगर्ने कुरामा आफु बिश्वस्त रहेको उल्लेख गरे । हाल बर्दिवास नगरपालिकामा ८ हजार १ सय ७४ घरपरिवार अब्यवस्थित बसोवासी ४ सय ८९ भुमिहिन दलित र ९ सय १३ घरपरिवार भुमिहिन सुकुम्वासी रहेका छन ।

जसमध्ये बर्दिवास नगरपालिकाले वडा नम्बर २ का ५३ घरपरीवारका भुमिहिन दलित तथा सुकुम्वासीहरुलाई २०८० साल पुस २३ गते नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीको हातबाट रातो लालपुर्जा बितरण गरीएको नगरपालिकाका भुमि शाखाका संयोजक पबन कुमार कार्कीले बताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...