निकेश खानाल
बर्दिवास
नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिब ढुंगानाले नेपाली कांग्रेस पार्टीलाई जन,जनमा मन,मनमा महोत्तरीका कार्यकर्ता नेताले पुर्याउनुपर्ने बताएका छन । नेपाली कांग्रेसको १०० दिने अभियान अन्तरगत संगठन सुदृढीकरण गर्न महोत्तरीको गौशला नगरपालिका पुगेका उनले कार्याकर्ता भेटघाटको क्रममा यस्तो बताएका हुँन।
उनले बिगतदेखी हालसम्मको समिक्षा गर्दा कांग्रेस भित्र एकले अर्कालाई दोष देखाउने काम मात्रै भएकोले संगठन बिस्तार तथा पार्टी एकिकृत बनाउन आघात पुगेको बताए ।
उनले पार्टी भित्रको अन्तरबिरोध समाधानकालागी सबै एकजुट हुनुपर्नेमा जोड दिदै त्यसको निराकरणकालागी कांग्रेसले १०० दिने अभियान सञ्चालनमा ल्याएको जनाए । उनले पार्टी भित्रको अनुशासनलाई कायमगर्दै नमिलेका बिषयमा नितिगत किसिमले छलफल र सम्बादको माध्यमबाट टुङ्गो लगाउन आफु महोत्तरी आएको भन्दै कांगे्रसलाई अब एकढीक्का बनाउनु पर्ने अवश्यकता औल्याए । नेता ढुंगानाले कांगे्रसमा केन्द्रदेखी वडास्तर सम्म कमिकमजोरी रहेकाले अहिले सबै सच्चिएर अघि बढ्न सके मात्रै यस्को संगठन बलियो हुँने बिश्वास ब्यक्त गरे । ढुंगानाले भने, हिजो निर्वाचनको क्रममा महोत्तरीमा जुन,जुन पार्टीसंग कांग्रेसले गठबन्धन गरेको थियो त्यही पार्टीहरु कांग्रेस सिध्याउने खेलमा लागेका छन ।
यो दुखद घटना हो । यसबाट पाठ सिक्दै अब आउने निर्वाचनमा महोत्तरीको सबै क्षेत्रमा कांग्रेस एक्लैले चुनाब लड्न आवश्यक देखियो । पार्टी चुस्त दुरुस्त नभएकै कारण हिजो गठबन्धन आवश्यक थियो,अहिले सञ्चालन गरिएको १०० दिने अभियानले कांग्रेस एक ढिक्का भएर रुखको जराले माटो समातेको जस्तै जनताको मनमा कांग्रेले समात्ने उनको बिश्वास छ ।
यसै क्रममा नेपाली कांग्रेस महोत्तरीले १०० दिने अभियानको सुरुवात गरेको छ । पार्टीको क्षेत्र नम्बर १ कार्य समितिको आयोजनामा जिल्लाको गौशला नगरपालिकाबाट औपचारिक रुपमा अभियानको सुरुवात गरिएको हो ।
क्षेत्रीय सभापति महेश कुमार झाको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य राजिब ढुंगानाको प्रमुख आतिथ्यतामा आयोजित अभियानको उद्घाटन कार्यक्रममा पार्टीका महासमिती सदस्य मुकेश काफ्ले सिताराम भण्डारी,चिरंजिबी हमाल
लगायतको उपस्थिति रहेको थियो।
१०० दिने अभियान अन्तरगत जिल्लाका बिभिन्न तहका अधिवेशन,पार्टीको क्रियाशील सदस्यता नवीकरण पार्टी सुदृढीकरण लगायतका काम तिब्र गतिमा हँुने कांग्रेस महोत्तरी क्षेत्र नम्बर १ का सचिव पशुराम गिरीले जानकारी दिए ।





































