चिसोबाट जोगाउन बिपन्नलाई सिरक बितरण

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाही जिल्लाको सीमावर्ती गाउँपालिका पर्सा गाउँपालिकामा शुक्रवार ६८ परिवारलाई फाइबर सिरक वितरण गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको सहयोगमा चिसोबाट जोगाउन प्रभावित बनेका पर्सा गाउँपालिका–३ र ५ का अतिविपन्न, गरिब र दलित नागरिकका ६८ परिवारलाई एक–एक थान फाइबर सिरक वितरण गरिएको हो । बितरण कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, अन्य सुरक्षा अधिकारी, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
जाडोको मौषमले गर्दा चिसोबाट प्रभावित बनेका परिवारको छनौट गरेर सिरक वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...