पाँच दिन हिरासतमा राखेर ठाकुरको बिषयमा अनुसन्धान गर्न अदालतको आदेश

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुरलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले आदेश दिएको छ ।
ठगी प्रकरणमा पक्राउ परेका
ठाकुरलाई अनुसन्धान अगाडी बढाउन जिल्ला अदालत धनुषाको ३ नम्बर इजलासका न्यायधिश दिलीप कुकार बर्देवाले ५ दिन हिरासतमा राख्न आदेश दिएका हुन् ।
सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी परेपछि ठाकुरलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको थियो ।

उनिसँगै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अरु तीन जना कर्मचारी पनि सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख ठगी गरेको भन्दै उनीहरुलाइ समेत पक्राउ गर्न जिल्ला अदालत धनुषाले आदेश दिएको छ ।