जलवायुमैत्री खेती प्रणाली अवलम्बन गर्न जरूरी छ : मुख्यमन्त्री सिंह

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले अहिलेको जलवायु प्रणालीको बदलिँदो स्वभाव र वातावरणमैत्री व्यवहार आजको आवश्यकता रहेको बताएका छन ।

नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलन धानखेतीसँग सम्बन्धित प्रविधिका बारेमा मंगलबार जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री सिंहले जलवायुमैत्री खेती प्रणाली अवलम्बन गर्न जरूरी रहेको भन्दै खेती प्रणाली संगं उत्पादन जीवनका हरेक पक्षमा रासायनिक मलको अत्यधिक प्रयोग हुँदा माटोको उर्वरा शक्ति घटेको भन्दै वातावरणमैत्री खेतीका लागि प्रदेश सरकारले प्राङ्गारिक मलको प्रयोग गर्न किसानलाई प्रोत्साहित गर्ने नीति लिएको उल्लेख गरे ।

प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साहले चुरे तथा वन विनाशका कारण वातावरणमा नकारात्मक असर पारेकाले चुरेको संरक्षण गर्नु सबैको दायित्व रहेको बताए ।

श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, नेपालमा जलवायु अनुकूल धानको खेतीविज्ञ निलम शर्मा रिजाल र मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव विनय कर्ण, मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साहले जलवायुमैत्री खेती प्रणालीका बारेमा आफ्नो धारणा र प्रस्तुति राखे ।