आर्थिक अवस्था कमजोर भएका जेहन्दार खेलाडीलाई नगरपालिकाले सहयोग गर्छ : मेयर क्षेत्री

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले लागु औषध दुब्र्यशनी रोक्न युवाबर्गलाई खेलको मध्यमबाट बिकासगर्दै अघिबढाउनुपर्ने बताए । महोत्तरीको बर्दिवासमा मंगलवार आयोजित दोश्रो मेयरकप वडा स्तरीय क्रिकेट प्रतियोगिता २०८१ को उद्घाटन खेललाई सम्बोधनगर्ने क्रममा उनले यस्तो बताएका हुँन ।
उनले लागु औषधको कुलतमा फसेका युवाहरुको अवश्था पहिचान गरेर तेस्ता युवाहरुको उपचारमा बर्दिवास नगरपालिकाले सहयोग गर्ने जनाए । उनले भने, कुलतमा फसेका युवाहरुको बिभिन्न चरण पहिचान गरेर शुरुवातको अवस्था भए खेलको माध्यमबाट कुलतबाट बाहिर निकाल्न सकिन्छ । यदि कुलतको दलदलमा बढीनै फसेको भए उपचारकालागी पुनस्थापना केन्द्रमा भर्ना गर्नुपर्ने हुन्छ । त्यसकालागि बर्दिवास नगरपालिकाले सहयोग गर्छ । नगरपालिका लागु औषधको केन्द्रबन्दै गईरहेको कुरामा सत्यता छैन । नगरपालिकाको जानकारीमा आएका थोरै युवाहरु मात्रै अहिले पुनस्थापना केन्द्रमा भर्ना भएका छन ।
उनिहरुलाई नगरपालिकाले सहयोग गरीरहेको छ । मेयर क्षेत्रीले कुलतमा फसेर पहिचान भएका युवाको नाम र अवस्था नलुकाई उनिहरुलाई समाजमा पुनस्थापनागरी उपचारमा सहयोगगर्नु पर्नेमा जोडदिए ।
उनले नगरपालिकालाई त्यस्ता ब्यक्तीको बिषयमा उजुरीगर्न र दुरब्र्यशनीमुक्तगर्न सबैको सहयोगको अवश्यकता औल्याए । अहिले बर्दिवास नगरपालिकाले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेर नगरकै गौरब स्थापितगर्न खुडकिला तयार गरीरहेको उल्लेख गर्दै क्षेत्रीले बर्दिवासभित्र आर्थिक अवस्था कमजोर भएका जेहन्दार खेलाडीलाई नगरपालिकाले सहयोग गर्ने बताए ।
बर्दिवासमा खेलको बृहत्तर बिकस गरी यहाँ खेलिने बिभिन्न खेलहरुकालागी भिन्दा भिन्दै खेल मैदानको ब्यवस्थागर्न नगरपालिका तयार रहेको क्षेत्रीको भनाई छ । त्यस कार्यकालागी नगरभित्रका बिभिन्न खेल समुहलाई नगरपालिकासंग छलफल गर्न समेत उनले आग्रह गरे । हाल बर्दिवास नगरपालिकाले यहाँ रहेका नदी उकास तथा सार्बजनिक जग्गालाई आफ्नो स्वामित्वमा ल्याएर त्यसता जग्गाको संरक्षण र प्रयोग गर्न नगरपालिकाले चाँडैनै सर्बदलीय बैठक बोलाउन लागेको जानकारी दिए ।
उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै बर्दिवास नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत राममणी अधिकारीले खेलको माध्यमबाट लागुऔषध दुुर्ब्यशन निरुतसाहित गर्ने प्रयास प्रसंशनिय भएको बताए । उनले खेलकुद भनेकै मानिसको जीबन जिउने आधारसंग जोडिएको मुख्य बिषय भएको भन्दै यस्को क्षेत्र समेत फराकिलो हुँने धारणा राखे । खेललाई मानिसको शारीरीक तथा मानसिक क्षमतासंग मात्रै नभएर समाजलाई समेत एकताको सुत्रमा बाँध्ने माध्यम भएको अधिकारीले उल्लेख गरे ।
खेल भनेको राष्ट्रकै गौरब भएकाले यसले अन्तराष्ट्रिय स्तरसम्म समेत पहिचान बनाउने मुख्य माध्यम भएको उनको भनाई छ । अधिकारीले खेलक्षेत्रलाई बिद्यालय स्तरसंगै जोडेर यस्को जग बसाल्न सकेमा मात्रै माथिल्लो स्तरसम्म पुर्याउन सकिने उनको धारणा छ । उनले भने, खेलका बिभिन्न तह हुन्छन,तल्लो तहदेखीनै जोड्दै लैजान सकेमा माथिसम्मै यसको बिकास हुन्छ । खेल खेल्नु भनेकै अनुसाशनलाई जीबनमालागु गर्ने मुख्य माध्यम भएकाले प्रत्येक खेलको आफ्नै नियम रहेको उनले बताए ।
बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा सर्च ०४४ खेलकुद तथा सांगितिक समुहले आयोजना गरेको दोश्रो मेयरकप वडा स्तरीय क्रिकेट प्रतियोगिता २०८१ को मंगलवार भएको पहिलो खेलमा वडा नम्बर १ बिजयी भएको छ ।
ट्रस जितेर फिल्डिङ्ग रोजेको वडानम्बर १ ले वडा नम्बर ९ पशुपतीनगरलाई १५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४ रन ल्याई बिजयी भएको हो । खेलमा सर्बाधिक रन ल्याउने वडा नम्बर १ का पिपल लामा रहेका थिए । उनले ४७ रन बनाएर खेलको म्यान अफ,द म्याच घोषित भए ।
त्यसैगरी खेलमा वडानम्बर १ का बादल भुजेलले ४ विकेट लिएका थिए । आज भएको खेलमा वडा नम्बर ९ पशुपतीनगरका अप्पु यादबले सबैभन्दा बढी २७ रन बनाउन सफल भएका थिए । बर्दिवास नगरपालिका २ स्थित रंगशालामा शुरु भएको दोश्रो मेयरकप वडा स्तरीय क्रिकेट प्रतियोगिता २०८१ को प्रथम हुने खेल समुहलाई नगद रु ५० हजार शिल्ड र ट्रफि प्रदानगरीने छ । त्यसैगरी दोश्रो बिजेतालाई रु २५ हजार नगद शिल्ड र ट्रफि प्रदान गरीने सो खेल ब्यवस्थापन समितीका संयोजक अनिश शाहले जानकारी दिए ।
यहि माघ ९ गते सम्म सञ्चान हुँने खेल सञ्चालन गर्न ४ लाख ६ हजार खर्चलाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । सो रकमको ब्यवस्थापन बर्दिवास नगरपालिकाले गर्ने बताईएको छ ।