निकेश खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार कुमार क्षेत्रीले माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा नगरको विकासमा सबै राजनितिक दल, संघ संस्था तथा सम्पुर्ण नागरबासीलाई एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
मेयर क्षेत्रीको सचिवालयबाट जारी गरीएको शुभकामना सन्देशमा उनले सम्पूर्ण नगरवासीको बीचमा वन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय तथा नगरिक एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा गर्दै सबै नगरवासीलाई बर्दिवास नगरपालिकाको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका हुन्।
उनले बर्दिवास नगरपालिका भित्र रहेका बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त सुन्दर नगरलाई नेपालको संविधानले समावेशी बनाएको जनाए। मेयर क्षेत्रीले लोकतन्त्रलाई आत्मसात् गर्दै यस नगरमा बसोवासगर्ने सबै जातजाति, धर्म र समुदायको विकास र उत्थानमा बर्दिवास नगरपालिका सधै तत्पर रहेको र रहिरहने सन्देशमा भनिएको छ । मेयर क्षेत्रीको शुभकामना संदेशमा बर्दिवास नगरको जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृतिहरू हाम्रा मौलिक विशेषता हुन्, हाम्रा संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सकेमात्र नेपालीपनको रक्षा गर्न सकिन्छ।’
नगरको तराई, तथा चुरे क्षेत्रमा बसोबास गर्ने नगरवासीले आआफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व छ।
सन्देशमा भनिएको छ, ‘सूर्य धनु राशिलाई छाडेर मकर राशिमा प्रवेश गरेको तिथिलाई आधार मानेर सम्पूर्ण नेपालीहरूले नै आ–आफ्नो मौलिकतामा धुमधामका साथ मनाउने यस पावन पर्वका माध्यमबाट नगरबासीहरूका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि हुँदै जाने कुरामा विश्वस्त रहेको छु।’
मगर समुदायले पनि आजकै दिनलाई आफ्नो मुख्य चाडका रूपमा धुमधामका साथ मनाउँछन् भने नगरपालिकाको समस्त भूभाग हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बू, नेवार, गुरुङ, आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् । माघे सङ्क्रान्तिलाई तरुल, चाकु र तील तथा खिचडी आदि विभिन्न परिकार बनाएर खाने दिनका रूपमा पनि लिइन्छ।
