भुमि आयोग महोत्तरीका अध्यक्ष पिताम्बर महतोले लिए शपथ

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
भुमि आयोग महोत्तरीका अध्यक्ष पिताम्बर महतोले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन। महतो महोत्तरीको बर्दिवास ८ निवासीहुन । महोतोलाई सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको सभाहल नयाँबानेश्वरमा आयोजित कार्यक्रममा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले  ग्रहण गराएका हुँन ।
भूमि व्यवस्था मन्त्रालयले भुमी आयोग महोत्तरीका अध्यक्ष महतोको नियुक्ति गरेको हो ।

नियुक्तिसँगै उनको शपथ ग्रहण समेत भएको छ ।
शपथ ग्रहण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अहिले बनेको आयोग इतिहासकै अन्तिम आयोग हुने भन्दै यसले गर्ने काम भूमि व्यवस्थापनको इतिहासमा कोशेढुंगा साबित हुने बताए ।
उनले सरकारले जतिसुकै विरोध सहेर पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरेरै छाड्ने उद्घोष गरे । उनले अहिलेको सरकारले तीव्र गतिमा काम गरिरहेको भन्दै वर्षौँदेखि हुन नसकेका कामहरूलाई ६ महिनामै गरेर देखाएको दाबी गरे ।